मदिराजन्य पदार्थ कारण महिला हिंसाका घटना बढ्दै – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

मदिराजन्य पदार्थ कारण महिला हिंसाका घटना बढ्दै

कञ्चनपुर । महिलामाथि हुने हिंसाका घटना कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बढिरहेका छन् । घरेलु हिंसाका घटना मदिराजन्य पदार्थका कारण दिनप्रति दिन बढीरहेको हो ।

सेफ हाउसका मनोविर्मसकर्ता द्वारिका कुँवरका अनुसार अधिकांश महिला श्रीमान्ले मदिरा सेवन गरी कुटपिट गर्ने, गालीगलौच गर्ने, मानसिक प्रताडनामा पार्नेलगायतका कार्य गरेको भनेर आउने गर्दछन् । उनले भनिन् महिलामाथि शङ्का उपशङ्का गरी कुटपिट र वादविवाद भई महिलालाई प्रताडना गर्ने गरिएको छ ।

अहिलेसम्म हामीले २८१ हिंसा पीडित महिलालाई सेफ हाउसबाट सेवा प्रदान गरेका छौं । महिला २७६ र बालिका पाँच रहेका छन् । प्रहरीसँग सहकार्य गरी ५० महिलालाई न्याय प्रदान गरिएको छ ।

द्वारिका कुँवरका अनुसार घरेलु हिंसाका ७८, जबर्जस्ती करणीका छ, कुटपिटका ५५, बहुविवाहका १७, बादविवादका ३०, चरिचरनका २०, जालसाजीका १०, भिडासानीका तीन र बालविवाहका ३० उजुरी सेफ हाउसमा परेका छन् । हामीले अलपत्र परेका १२ व्यक्तिको उद्धार गरी सम्बन्धित निकायमा पठाएका छौं । सेफ हाउसमा पीडित भई पुगेका महिलालाई मनोविर्मश सेवासमेत प्रदान गरिएको छ ।

सेफ हाउसान प्राप्त उजुरीमा प्रहरीसँग सहकार्य मिलापत्र गराइँदै आएको छ । जबर्जस्ती करणी, बालविवाह, बहुविवाहलगायतका उजुरी न्यायिक निकायमा पु¥याइ पीडितलाई न्याय दिलाउने काम हुँदै आएको अध्यक्ष पुष्पा केसीले बताईन् । उनले भनिन् केही उजुरीमा महिलाबाट पुरुषसमेत पीडित रहेको पाइएको छ ।

सम्बन्धित समाचार

आज देशभर मनसुनी गतिविधि सक्रिय, कर्णाली–सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
आज देशभर मनसुनी गतिविधि सक्रिय, कर्णाली–सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
  • २०७८ कार्तिक १, ११: १३

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान...

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ कार्तिक १, ११: १३

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ कार्तिक १, ११: १३

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...