माओवादी बैठकः राष्ट्रिय सम्मेलनको तयारी केन्द्रीत – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

माओवादी बैठकः राष्ट्रिय सम्मेलनको तयारी केन्द्रीत

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारीको विषयमा छलफल सुरु गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा आगामी सम्मेलनको तयारीका साथै प्रदेश सम्मेलन, स्थानीय सम्मेलन लगाएका बिषयमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

पुसमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको माओवादी केन्द्रले बैठकमा पार्टी संगठन सुदृढीकरणलगायतका विषयमा समेत छलफल भएको उनले जानकारी दिए । मंगलबार पुन बैठक बस्ने र आवश्यक निर्णय गरिने महराले जानकारी दिए ।

कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ ।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ कार्तिक १, १३: ०६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ कार्तिक १, १३: ०६

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ कार्तिक १, १३: ०६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...