महासचिव वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

महासचिव वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नर्भिक अस्पताल पुगेका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण) को स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेको प्रचण्ड निकट स्रोतले बताएको हो । प्रचण्ड करिव २० मिनेट अस्पतालमा बसेका थिए ।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’का अनुसार महासचिव वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार नर्भिक अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष प्रचण्ड आउनु भएको हो । दम रोगबाट पीडित उनलाई समस्या दोहोरिएको बताइएको छ ।

महासचिव वैद्यलाई भेट्न प्रचण्डसंगै माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवल पनि अस्पताल पुगेका थिए ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार नेता वैद्यको स्वास्थ्य अवस्थामा क्रमश सुधार भइरहेको छ । नेता वैद्य आइतबार बिहान नर्भिकमा भर्ना हुनु भएको थियो ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ कार्तिक १, १३: २५

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ कार्तिक १, १३: २५

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ कार्तिक १, १३: २५

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...