प्रधानन्यायाधीशको राजीनामा माग्दै कानून व्यवसायीले गरे तेस्रो दिनको विरोध कार्यक्रम – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानून व्यवसायीले गरे तेस्रो दिनको विरोध कार्यक्रम

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोशिएशनले दिएको समयसीमा आज (मंगलबार) सकिदैछ । राजीनामा दिन नेपाल बारले प्रधानन्यायाधीश जबरालाई पाँचदिनको समयसीमा तोकेको थियो ।

नेपाल बारको अगुवाइमा आजपनि (मंगलबार कात्तिक १६ ) कानून व्यवसायीहरुले तेस्रो दिनको विरोध कार्यक्रम कालोपट्टी बाँधेर गरेका छन् । सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीहरुले कालोपट्टी बाँधेर धर्ना दिएका हुन् ।

कानून व्यवसायीहरुले कात्तिक १४ गतेदेखि दबावस्वरुप सर्वोच्च अदालत परिसरमा एक घण्टा धर्ना दिंदै आएको छन् । उनीहरुले प्रधानन्यायाधीशले अदालतमा भएका विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको आरोपमा लगाउँदै आएका छन् ।

समयसीमाको अन्तिम दिनमा(मंगलबार) पनि राजीनमा नआए थप विरोधका कार्यक्रम घोषणा गर्ने निर्णय नेपाल बार एशोसिएशनले यसअघि नै गरेको छ ।

यता प्रधानन्यायाधीश जबराले आफु संविधान अनुसार प्रधानन्यायाधीश भएकोले कसैले सडकबाट राजीनामा माग्दैमा आफु नदिने र संवैधानिक व्यवस्थाअनुसार नै जाने अडान राख्दै आएका छन् ।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ कार्तिक १६, ११: ५९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ कार्तिक १६, ११: ५९

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ कार्तिक १६, ११: ५९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...