काठमाडौं घोषणापत्र जारी गर्दै बिम्स्टेक सम्मेलन सम्पन्न – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

काठमाडौं घोषणापत्र जारी गर्दै बिम्स्टेक सम्मेलन सम्पन्न

काठमाडौं । यही भाद्र १४ र १५ गते काठमाडौंमा सम्पन्न बिम्स्टेक सम्मेलन शुक्रबार अपरान्ह सम्पन्न भएको छ । दुई दिने उक्त सम्मेलनमा बहुपक्षिय र आर्थिक पक्षिय सहयोगको लागि सबै राष्ट्र सहमत भएका छन् । बिम्स्टेक सम्मेलन नेपालले गरेको हो । वर्तमान प्रधानमन्त्री के.पी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको बिम्स्टेक बैठकले १८ बुंदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको छ । सातै देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुले कनेक्टिभिटीलाई विषेश जोड दिएका छन् ।

सातै राष्ट्रहरुबीच रेलमार्ग, हवाईमार्ग, राजमार्ग तथा जलमार्ग जोड्ने सम्बन्धमा सबै सहमत भएका छन् । त्यसैगरी विद्युत प्रशारण लाइन जोड्ने विषयमा पनि गहन छलफल भएको र उक्त प्रसारण लाइन एक आपसमा जोड्ने सहमति सहित गरेका छन् । सदस्य राष्ट्रहरुले वर्तमान अवस्थामा फैलिँदै गएको आतंकवादसँग लड्ने सामूहिक प्रयास गर्ने कुरामा जोड दिएका छन् ।

आतंकवादका विरुद्ध लड्ने प्रतिबद्धताअनुसार सबैखाले आतंकवादको अन्त गराउन सातै राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले विशेष जोड दिएका छन् । त्यसैगरी, कृषि प्रविधिलाई एक–आपसमा साटासाट गर्ने, आतंकवाद विरुद्ध लड्न जलवायु परिवर्तनले पार्ने असरहरुलाई न्यूनीकरण गर्न सातै राष्ट्र सहमत हुने व्यापार र लगानी बढाउने तथा बिम्स्टेक भिसाको लागि सहजीकरण गर्ने जस्ता महत्वपूर्ण कार्य गर्नेगरी १८ बुंदे घोषणापत्र जारी भएको हुँदा उक्त घोषणापत्र दस्तावेजको रुपमा प्रकाशित गरेका छौं ।

 बिमस्टेको सचिवायल चुस्त बनाउन स्थायी कार्य समिति निर्माण गर्ने ।
 स्थायी कार्यसमितिले बिमस्टेक चार्टरको मस्यौदा बनाउने । मस्यौदा पाँचौ शिखर सम्मेलनमा पेश गर्ने ।
 बिमस्टेक विकास कोषको स्थापना गर्ने । कोषमा सदस्य राष्ट्रहरुबा रकम जुटाईने ।
 बिमस्टेक सचिवालयको क्षमता अभिवृद्धि गर्ने । एक सदस्य राष्ट्र एक निर्देशक गरि सात जना निर्देशक नियुक्त गर्ने ।
 बिमस्टेकका सदस्य राष्ट्रहरुमा सन २०३० भित्र गरिबीको अन्त्य गरिसक्ने ।
 अन्तरदेशीय राजमार्ग, रेलमार्ग, जलमार्ग, हवाईमार्ग विस्तार तथा अधुनिकीकरण गर्ने ।
 यातायात गुरुयोजना बनाई सदस्य राष्ट्रहरुमा कार्यान्वय गरिने ।
 यस क्षेत्रका जनतालाई इन्टरनेट र मोबाइलको थप पहुँच र सस्तो बनाउन एक कार्यसमूह बनाउने ।
 बिमस्टेक राष्ट्रहरुभित्र स्वतन्त्र व्यापारको लागि भइरहेको वार्तालाई निरन्तरता दिने
 बिमस्टेक व्यावसायीक मञ्च र बिमस्टेक आर्थिक मञ्चको गतिविधिलाई पुन सुचारु गर्ने ।
 अपराधिक गतिविधिहरुको सन्दर्भमा सदस्य राष्ट्रहरुबीच कानुनि सहायता सम्बन्धी सम्झौताको लागि आव्हान ।
 आतंकवाद र संगठित अपराध विरुद्ध सहकार्यलाई अभिवृद्धि गर्ने ।
 जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा लैजाने ।
 बिमस्टेकभित्र उर्जा सम्बन्धी विस्तृत योजना बनाउने ।
 साना तथा मध्यम खालका प्रविधिसंग सम्बन्धीत उद्योगहरुका स्थापनाका लागि एक आपसमा सहयोग गर्ने ।
 कृषि क्षेत्रको विकास र कृषिमा परम्परागत ज्ञानको प्रयोगको क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने ।
 जनता जनताबिचको सम्बन्धलाई थप उचाइमा र्पुयाउन संयन्त्रहरु निर्माण गर्न सहमत ।
 बुद्ध सर्किट बनाउन सहमत ।
 सन् २०२० मा नेपालमा गर्ने भनिएको बिमस्टेक पर्यटन सम्मेलनलाई स्वागत ।
 पर्वतीय अर्थतन्त्रको विकासको लागि नेपालले राखेको प्रस्ताबको स्वागत ।
 भूपरिवेष्ठीत मुलुकहरुको हितका लागि प्रस्ताब गरिएको ‘ब्लू इकोनमि’ मा सहमति जनाउदै यसको कार्ययोजना बनाउन अन्तरदेशीय विज्ञ समूह गठन गर्न सहमत ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ भाद्र १८, ०८: ४९

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
  • २०७५ भाद्र १८, ०८: ४९

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई कुनै नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने...

कांग्रेसलाई नयाँ ढाँचामा अघि बढाउने सभापति थापाको योजना, नियमित कामबाट अलग रहेर देश दौडाहामा जाने
कांग्रेसलाई नयाँ ढाँचामा अघि बढाउने सभापति थापाको योजना, नियमित कामबाट अलग रहेर देश दौडाहामा जाने
  • २०७५ भाद्र १८, ०८: ४९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा छुटेका योग्य नेताहरूलाई समेट्दै संगठनलाई थप प्रभावकारी बनाउने बताएका छन्।...