
नयाँ विकल्प,
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले नागरिकको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने चेतावनी दिएका छन् ।
बिहीवार नेकपा (माओवादी केन्द्र)मध्यपुरथिमि नगर कमिटीले नेपाल संवत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले नागरिकको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने बताएका हुन्।
उनले पार्टीमा जतिसुकै ठूलो पदको भए पनि राम्रो काम नगर्ने मन्त्रीको सन्दर्भमा कडा कदम चाल्ने बताए ।
अध्यक्ष प्रचण्डले माओवादी बलियो पार्टी भएन भने देश दुर्घटनामा पर्ने खतरा रहेको समेत बताए ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...
भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...