राजदूत नियुक्त गर्दा भागबन्डा होइन साझा सूची बनाउन नेता श्रेष्ठको सुझाव – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

राजदूत नियुक्त गर्दा भागबन्डा होइन साझा सूची बनाउन नेता श्रेष्ठको सुझाव


नयाँ विकल्प

काठमाडौं– नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले राजदूत नियुक्ति गर्दा दलहरुको भागबन्डा भन्दा छुट्टै साझा सूची बनाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता श्रेष्ठले यसो नगरिए कुनै पनि पार्टीमा नलागेका योग्य र प्रतिभावान् व्यक्तिहरुले राष्ट्र सेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्नेतर्फ ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्रीले तीन जना राजदूत नियुक्त गरिसकेको भन्दै नेता श्रेष्ठले केही सङ्ख्या भागबन्डामा लगे पनि केही सङ्ख्या साझा सूचीबाट छान्नुपर्ने बताए ।

यसअघि पनि आफूले पूर्वसरकारले नियुक्ति गरेका सबै राजदूतहरुलाई फिर्ता नल्याइ सरकारको प्रतिनिधित्व नगर्ने पुष्टि भएका राजदूतहरूलाई मात्र फिर्ता बोलाउनुपर्ने बताएका थिए ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ कार्तिक २१, २१: ५१

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ कार्तिक २१, २१: ५१

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

सरकार ‘शासकीय अराजकता’तर्फ उन्मुख : कांग्रेस सभापति थापा
सरकार ‘शासकीय अराजकता’तर्फ उन्मुख : कांग्रेस सभापति थापा
  • २०७८ कार्तिक २१, २१: ५१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै देश ‘शासकीय अराजकता’तर्फ उन्मुख भएको आरोप लगाएका...