पाँच सह-महामन्त्रीको प्रारम्भिक मत परिणाम केहीबेरमा, मतगणना जारी – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

पाँच सह-महामन्त्रीको प्रारम्भिक मत परिणाम केहीबेरमा, मतगणना जारी

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पाँच बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । महामन्त्री पदको आठ क्लष्टरमध्ये तीनको बिहिबार मत परिणाम आइसकेको र आज (शुक्रबार) बाँकी पाँच क्लस्टरको मतगणना भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको हो ।

निर्वाचन समितिका केशव रिजालले अबको केहीबेरमा बाँकी कलष्टरका सहमहामन्त्रीहरुको प्रारम्भिक नतिजा आउने बताएका छन् । कांग्रेसको विधानअनुसार सहमहामन्त्री पदमा विभिन्न कलष्टर गरि आठ जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

बिहीबार सार्वजनिक नतिजा अनुसार महिला, दलित र आदिवासी जनजाति क्लष्टरको सहमहामन्त्री पदमा महिलातर्फ सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फ सहमहामन्त्री जीवन परियार र आदिवासी जनजाति सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे निर्वाचित भएका थिए ।

समितिका अनुसार बाँकी पाँच क्लष्टरमध्ये अब सहमहामन्त्री पदका खसआर्य, मधेशी, थारु, मुस्लिम र पिछडिएको क्लष्टरको मतगणना भइरहेको छ । खसआर्य समूहमा किशोरसिंह राठोर, देवराज चालिसे, मधेशी क्लष्टरबाट सहमहामन्त्रीमा महेन्द्र यादव र रामकृष्ण यादवले प्रतिस्पर्धामा गरेका छन्भने थारु क्लष्टरको सहमहामन्त्रीमा उमाकान्त चौधरी, तेजुलाल चौधरी तथा मुष्लिम क्लष्टरबाट फरमुल्लाह मन्सुर र शेख वकिल चुनावी प्रतिस्पर्धा गरेका छन् ।

त्यस्तै पिछडिएको समूहबाट जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल चुनावी प्रतिस्पर्धा रहेका थिए । कांग्रेसको सभापतिबाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७८ पुष २, १३: ४०

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७८ पुष २, १३: ४०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७८ पुष २, १३: ४०

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...