विवेकशील साझाले महाकाली मेची राष्ट्रिय एकता यात्रा गर्ने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

विवेकशील साझाले महाकाली मेची राष्ट्रिय एकता यात्रा गर्ने

नयाँ विकल्प,

काठमाडौं – विवेकशील साझा पार्टीले २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली(मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ। सो यात्रा कञ्चनपुरबाट २७ पुसमा सुरु गरिनेछ र सहिद दिवसको दिन १६ माघमा झापामा आएर अन्त्य हुनेछ।केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो। यात्राको विस्तृत विवरणपछि प्रकाशित गरिने साझाले जनाएको छ।नागरिकहरूका आ आफ्ना वैचारिक दृष्टिकोण भए पनि “विचारभन्दा माथि देश” नै हो भन्ने भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आमसर्वसाधारणसम्म पुर्‍याउनु, पार्टीको आमनागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य हुने साझा विवेकशील पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष ७, २०: १२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष ७, २०: १२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ पुष ७, २०: १२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...