
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय अधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय सदस्य चयन गर्ने बताएको छ ।
प्रथम राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको माओवादीले सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्दै केन्द्रीय समितिको बैठकले विधान पनि पारित गरेको छ ।
स्थायी कमिटी बैठकका प्रस्तावलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्दै पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था विधानले गरेको छ ।
माओवादी केन्द्रको महाधिवेशनका लागि विभिन्न जिल्लाहरुबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइसकेको स्रोतले जनाएको छ । माओवादी स्रोतका अनुसार मनोनीत सहित प्रतनिधिहरु १६०० को हाराहारिमा रहेका छन् ।
महाधिवेशनको आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ ।
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण...
काठमाडौ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन/विश्र्वको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्यनी...