
काठमाडौं । राष्ट्रिय एकता तथा मेलमिलाप दिवस नेपाली कांग्रेस र कांग्रेसका शुभेच्छुक संस्थाहरुले बिभिन्न कार्यक्रम गरि मनाएका छन् । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।
मेलमिलाप दिवसका अवसरमा कांग्रेस मुख्यालय सानेपामा बीपी कोइरालाको तस्वीरमा माल्यार्पण गरिएको थियो । कार्यक्रमम कांग्रेसका नेताहरुले बीपीको योगदानलाई स्मरण गरेका थिए । २०१७ साल पुस १ गते राजा महेन्द्रले वीपी कोइरालाको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि २०२५ सालसम्म जेलमा रहेका वीपी कोइरालालगायतका नेताहरु रिहा भएपछि भारत प्रवासमा जानुभएको थियो ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा मेलमिलाप दिवस मनाइने काँग्रेस नेताले बताएका थिए ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकैबीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत नेताहरु मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएको नेताहरुले स्मरण गरेका थिए ।




काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण...
काठमाडौ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन/विश्र्वको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्यनी...