काठमाडौं । प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र विरगञ्जलाई राजधानी बनाउने प्रस्ताव पेश गरपछि राजधानीका लागि गोप्य मतदान शुरु भएको छ । यसअघि आइतबार र सोमबारको छलफलपछि सभामुख सरोजकुमार यादवले राजधानीका मतदान शुरु गराएका हुन् ।
जनकपुरलाई प्रदेश राजधानी बनाउने विषयमा सबै दलको सहमति भए पनि केही सांसदले व्यक्तिगत रुपमा आफूहरुको अधिकार भन्दै फरक कुरा राखेपछि जनकपुर बाहेकका प्रस्तावलाई पनि प्रतिवेदनमा समेटिएको अध्ययन विशेष समितिका सभापति परमेश्वर शाहले बताएका थिए ।
प्रदेश २ को सभामा हाल १०४ जना सांसद संख्या रहेको छ । यसको दुई तिहाइ ७० हुन हुन्छ । राजधानीका विषयमा प्रदेश सभाको तत्काल कायम रहेको दुई तिहाइ बहुमतका आधारमा निर्णय हुनेछ । प्रस्तावित नामहरुमा दुई तिहाइ आउन नसकेमा कुनै छलफल नहुने बताइएको छ ।
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण...
काठमाडौ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन/विश्र्वको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्यनी...