नयाँ विकल्प,
काठमाडौं- त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको व्यवस्थापन संकायको डिन कार्यालयमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । त्रिवि व्यवस्थापन संकाय अन्तर्गत सम्बन्धन प्राप्त क्याम्पसहरुले छात्रवृत्तिका नाममा विद्यार्थीबाट रकम असुलेको भन्दै बिहीबार व्यवस्थापन संकायको डिन कार्यालयमा तालाबन्दी गरेको हो।
काठमाडौंका अधिकांश क्याम्पसले छात्रवृत्तिको नाममा विद्यार्थीबाट २ लाख देखि ५ लाखसम्म असुली गरेकोप्रति आपत्ति जनाउँदै तालाबन्दी गरेको हो ।
यस्तै देशभरिका सम्पूर्ण क्याम्पसहरुबाट शतप्रतिश छात्रवृति पाउने विद्यार्थीहरुको अघिल्लो दुईवटै शैक्षिक सत्रका र यस शैक्षिक सत्रका विद्यार्थीहरुको नाम सार्वजनिक गर्नसमेत नेविसंघले माग गरेको छ ।

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...