
नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ नियुक्त गरेका छन् । प्रधानमन्त्री भएको ६ महिनासम्म सचिवालयलाई समेत पूर्णता दिन नसकेका उनले सोमबार निजी सचिवालयमा चार सदस्य नियुक्त गरेका हुन् ।उनीहरुमध्ये नुवाकोटका किरण गजुरेललाई ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ नियुक्त गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेलले अनलाइनखबरसँग भने, ‘भाषणहरु तयार पार्दा राय सल्लाह दिने मेरो काम हुन्छ ।’यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहेका गजुरेल कांग्रेसको १३औं र १४औं महाधिवेशनमा देउवाको जनसम्पर्क कार्यालय पनि थिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...