स्थानीय तह निर्वाचनमा चुनावी तालमेल हुन्छ, यसबारे केन्द्रले निर्णय गर्छः नेता पाैडेल – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

स्थानीय तह निर्वाचनमा चुनावी तालमेल हुन्छ, यसबारे केन्द्रले निर्णय गर्छः नेता पाैडेल

काठमाडौं । स्थानीय तह निर्वाचनको एक महिने घर–घर जाऔं, काँग्रेस जिताऔं राष्ट्रिय अभियानमा ७७ जिल्लामा पुगेका केन्द्रीय सदस्यहरुले पार्टीको केन्द्रीय बैठकमा प्रतिवेदन पेश गरिरहेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनको चुनावी अभियानबाट आएको रिर्पोटले गठबन्धन गरेर अगाडी बढ्नु पर्ने सुझाव आएको भन्दै गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय लिने बताए । कुन स्थानीय तह कसले लिने भन्ने बारेमा गठबन्धनमा छलफल हुने र पार्टी केन्द्रले त्यसपछि निर्णय गर्ने नेता पौडेलले बताए ।

गठबन्धनका दलहरुमा अहिले चुनावी तालमेल गरेर गठबन्धन बचाएर अगाडी बढ्नुको विकल्प नभएको बताउँदै नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएको र नेपाली काँग्रेसका अधिकांश केन्द्रीय सदस्यको धारणा चुनावी तालमेलको पक्षमा आएको बताए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा जिल्ला जिल्लामा चुनावी प्रचार अभियानमा खटिएका १३ जना केन्द्रीय प्रतिनिधिहरुले अहिलेसम्म आफ्नो रिपोर्ट प्रस्तुत गरेको बताइएको छ ।

यसअघि शुक्रबार बसेको बैठकमा पनि २२ जना केन्द्रीय प्रतिनिधिहरुले रिपोर्ट प्रस्तुत गरेको र अधिकांश रिर्पोटहरुमा नेपाली कांग्रेस आगामी निर्वाचनमा गठबन्धनसहित जानुपर्छ भन्ने सुझाव दिएको एक काँग्रेस नेताले नयाँ विकल्प डट कमलाई बताए ।

त्यस्तै बैठकमा नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तह निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन हुन सक्ने बताएका छन् । सञ्चारकर्मीहरुसंगको कुराकानी प्रवक्ता महतले सुझाव र सल्लाह पार्टी केन्द्रको बैकममा आइसकेको र पार्टी केन्द्रले चुनावी गठबन्धनबारे निर्णय नै गरेर अगाडी बढ्ने बताए ।

प्रवक्ता महतले नेपाली काँग्रेस बलियो वडाहरुमा काँग्रेसका उम्मेदवार आउनु पर्ने अन्य मा गठबन्धनका उम्मेदवार हुने गरी आवश्यकताका आधारमा अवश्य गठबन्धन हुने बताए ।

यसअघि नै नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवाले आगामी तीनै तहको निर्वाचनमा गठबन्धनका दलहरुलाई उचित स्थान दिनु पर्ने बताउँदै गठबन्धनका दलहरुलाई असर गर्ने काम नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

काँग्रेसका केही नेताहरुले निर्वाचनमा गठबन्धन गर्ने÷नगर्ने निर्णय गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई दिनुपर्ने बताउँदै आएका छन् र गठबन्धनका दलहरु बाहेक पनि आवश्यकताका आधारमा चुनावी तालमेल गर्नुपर्ने बताइरहेका छन् ।

सम्बन्धित समाचार

मंगलबहादुर शाही कर्णालीको मुख्यमन्त्रीमा नियुक्त
मंगलबहादुर शाही कर्णालीको मुख्यमन्त्रीमा नियुक्त
  • २०७८ चैत्र १३, १७: ०३

काठमाडौं : कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा...

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
  • २०७८ चैत्र १३, १७: ०३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता श्रेष्ठको उपचारका...

उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत वैकल्पिक राष्ट्रिय शक्ति बन्ने
उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत वैकल्पिक राष्ट्रिय शक्ति बन्ने
  • २०७८ चैत्र १३, १७: ०३

काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र...