
भरतपुर । सत्तारुढ गठबन्धनका दलहरुले स्थानीय तह निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरे पनि तालमेलको मोडालिटी कस्तो हुने भन्ने बारे छलफल भएको छैन् । यद्यपीः गठबन्धनले नेपाली काँग्रेसका वरिष्ठ नेता तथा सत्तारुढ गठबन्धनको सरकार सञ्चालनमा सहयोग गर्ने उद्देश्यले उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन संयन्त्र बनाएको छ । उक्त संयन्त्रले जिल्ला जिल्लामा कसरी गठबन्धन गर्ने भन्ने विषयमा जिल्ला संयन्त्रहरु समेत निर्माण गरिसकेको छ ।
नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले दाबी गर्दै आएको भरतपुर नगरपालिकामा “शिक्षा, स्वास्थ र पर्यटनमा मुलुककै केन्द्र बनाउने हाम्रो रहर, कृषिमा आत्मनिर्भर, प्राविधिक मैत्री हाम्रो भरतपुर महानगर ’’को नारासहित नेविसंघका पुर्व केन्द्रीय उपाध्यक्ष एवम् कांग्रेसका युवा नेता निलकण्ठ रिजालले महानगर प्रमुखमा दावेदारी पेस गरेका छन् ।
यसअघि २०७४ सालको निर्वाचनबाट भरतपुर महानगरपालिकाको नेतृत्व नेकपा माओवादीले गरेको भएपनि नेपाली काँग्रेसबाट नेता रिजालले महानगर प्रमुख पदमा दाबेदारि गर्नुलाई निकै अर्थपूर्ण हेरिएको छ । नेपाली काँग्रेसको कार्यकर्ता उत्पादन गर्ने प्रमुख भातृ संस्था नेविसंघको केन्द्रीय राजनीतिमा लामो समय काम गरेर एक इमानदार र कुशल संगठनकर्ताको छबी बनाएका रिजाल बिगत केहि बर्ष देखी जिल्ला केन्द्रित राजनितिमा सक्रिय छन् ।
नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले विभिन्न स्थानीय तहमा नेपाली काँग्रेसको तर्फबाट उर्जावान र क्षमतावान युवाहरुलाई नेतृत्वमा ल्याउँदा काँग्रेसप्रति नेपाली जनताको विश्वास र भरोसा बढ्ने आंकलन गरिरहेका छन् । यसै शिलशिलामा विगत लामो समयदेखि जिल्ला केन्द्रीत राजनीतिमा होमिएका एक युवाले महानगरको जिम्मेवारी लिन्छु भन्नु सर्हानीय रहेको काँग्रेस नेताहरुले बताउँदै आएका छन् । युवा नेता रिजालले महानगरेको मेयर पदमा दाबी गरेसंगै काँग्रेस केन्द्र र चितवन काँग्रेसभित्र चर्चा परिचर्चा सुरु भएको देखिन्छ ।
चितवन काँग्रेसका नेता तथा कार्यकर्ताहरुले विगत लामो समयदेखि बारम्बार विभिन्न तहमा अवसर पाउदै जनताले परिक्षण गरिसकेका उही पुराना अनुहारहरुलाई पुनः जनतामाझ ल्याउनु भन्र्दा उर्जाशिल युवा नेतृत्वलाई अगाडी सार्दा जनताले पनि नयाँ जोश र भरोसा योग्य उम्मेदवार पाउँदा चुनावमा जित हासिल गर्न सहज हुन बताइरहेका छन् ।
सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको बाडफाँडमा माओवादीको भागमा आउनुपर्ने विभिन्न सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिंदै आएका छन् । यता नेपाली काँग्रेस चितवन जिल्लाले कुनै पनि हालतमा महानगरको नेतृत्व काँग्रेसको हुनुपर्ने आवाज उठाउँदै आएका छन् ।
भरतपुर महानगरको उम्मेदवारीमा सत्ता गठबन्धनका दलहरुमा पेचिलो बन्दै गएको र नेपाली काँग्रेसले महानगरपालिकाको टिकट बितरणको अधिकार पार्टी केन्द्रमा निहित गरेको छ । गठबन्धनका दलहरुबीचको चुनावी तालमेलले भरतपुर महानगरपालिका कस्को पोल्टामा पर्ने भन्ने अहिले नै यकिन भइसकेको छैन भने नेपाली काँग्रेसका अधिकांश नेताहरु भरतपुर महानगरमा काँग्रेसले उम्मेदवारी पाउनु पर्ने अडानमा छन् ।
यता, काँग्रेसका युवा नेता रिजाल विगत लामो समयदेखि राजनीतिमा सक्रिय रहेका छन् । रिजाल स्कुले जीवनदेखि नै नेपाली काँग्रेसको भातृ संस्था नेविसंघको राजनीतिमा सक्रियरुपले अगाडी बढ्दै भरतपुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघका तर्फबाट विद्यार्थीहरुका विभिन्न समस्याहरु, गुणस्तरीय शिक्षा लागि सरोकारवालासंग आन्दोलनरत थिए । बिधार्थीकाल देखि नै नेता रिजालको चितवन कांग्रेसका सबै गतिबिधिहरुमा सक्रिय सहभागिता रहेको थियो । भरतपुर महानगरको मेयर पदमा उनले दाबी गर्नुलाई नेपाली काँग्रेसले सकारात्मक नजरले हेरिरहेको बताइन्छ ।
१४औं महाधिवेशनपछि नेपाली काँग्रेसको केन्द्रीय समितिमा लामो समय नेविसंघको राजनीतिमा रहेका युवा नेताहरुको बहुमत भएकाले पनि यस पटक युवा नेता रिजालले टिकट पाउनसक्ने सम्भावना बढी रहेको काँग्रेस नेताहरुले अनुमान गरिरहेका छन् ।
युवा नेता रिजालले भरतपुर महानगरपालिकाको नेतृत्व काँग्रेसका तर्फबाट आफुले गर्ने मौका मिलेमा भरतपुरकै माटोमा हुर्की बढेको हुनाले भरतपुरवासी जनताका वास्तविक समस्या देखेको, बुझेको र नजिकबाट प्रत्यक्ष अनुभव गरेकाले महानगरको मुहारै फेरिने गरी आफुले काम गर्ने बताए । भरतपुर महानगरपालिकालाई देशकै नमुना महानगरको रुपमा विकास गर्न आफुले विभिन्न योजनाहरु आफुले जनतामाझ स्पष्टरुपमा राख्ने बताए ।
काठमाडौं : कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता श्रेष्ठको उपचारका...
काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र...