भरतपुरकाे नेतृत्व काँग्रेसले नपाए विद्राेह गर्ने चितवन काँग्रेसकाे चेतावनी – Naya Bikalpa
July 17, 2026, Friday      Epaper
महानगरकाे नेतृत्व काँग्रेसले पाउनु पर्छ भन्दै केन्द्रीय नेताहरूसंग भेटवार्ता

भरतपुरकाे नेतृत्व काँग्रेसले नपाए विद्राेह गर्ने चितवन काँग्रेसकाे चेतावनी

काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुले आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेसंगै चितवनको भरतपुर महानगरपालिका प्रमुखको विषय नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच पेचिलो बनेको छ । नेपाली काँग्रेस चितवनले महानगरमा काँग्रेसले प्रमुख पाउनु पर्ने अडान राख्दै आएको छ भने नेकपा माओवादी केन्द्र अरुले दावी गर्न नहुने बताउँदै आएको छ ।

महानगर प्रमुखको विषय पेचिलो बन्दै गएपछि चितवनका नेता, कार्यकर्ता र केन्द्रीय स्तरका नेताहरुसहित गठबन्धनको नेतृत्व गरिहरेका प्रधानमन्त्री एवम् नेका सभापति शेरबहादुर र पार्टीका नेताहरु रामचन्द्र पौडेल, डा शेखर कोइरालालाई भेटेर फर्किएका छन् ।

स्रोतका अनुसार उक्त नेताहरुको समुहले नेपाली काँग्रेसले भरतपुर महानरपालिका पाउनुपर्छ भन्ने जनताको चाहाना रहेको भन्दै पार्टी केन्द्रलाई दबाब दिएको बताइन्छ । गत स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गर्दा नेकपा माओवादी केन्द्रले नै पाएको बताउँदै यस पटक स्थानीय जनताहरुको माग काँग्रेसले नेतृत्व पाउनु पर्ने बताइएको छ ।

काँग्रेसले चितवनको भरतपुर महानगरपालिकामा काँग्रेसले नेतृत्व पाउने गरी छलफल अगाडी बढाउन केन्द्रीय नेताहरूलाई भेट्न केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीत नारायण श्रेष्ठसहितको टोली आएको थियो ।

भेटपछि काँग्रेस नेता श्रेष्ठले चितवनको अवस्थामा नेपाली काँग्रेस ठूलो दल भएको र गत निर्वाचनमा आलोपालो गर्ने भन्ने निर्णय भएको बताए । यी तर्कका आधारमा काँग्रेसले भरतपुर महानगरपालिका पाउनुपर्छ भन्ने माग आफुहरुको रहेको बताए ।

सम्बन्धित समाचार

बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
  • २०७८ चैत्र २७, १४: ४८

काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
  • २०७८ चैत्र २७, १४: ४८

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस संसदीय दलको बैठकको निर्णयअनुसार कर्णाली...

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७८ चैत्र २७, १४: ४८

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...