
काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुले आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेसंगै चितवनको भरतपुर महानगरपालिका प्रमुखको विषय नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच पेचिलो बनेको छ । नेपाली काँग्रेस चितवनले महानगरमा काँग्रेसले प्रमुख पाउनु पर्ने अडान राख्दै आएको छ भने नेकपा माओवादी केन्द्र अरुले दावी गर्न नहुने बताउँदै आएको छ ।
महानगर प्रमुखको विषय पेचिलो बन्दै गएपछि चितवनका नेता, कार्यकर्ता र केन्द्रीय स्तरका नेताहरुसहित गठबन्धनको नेतृत्व गरिहरेका प्रधानमन्त्री एवम् नेका सभापति शेरबहादुर र पार्टीका नेताहरु रामचन्द्र पौडेल, डा शेखर कोइरालालाई भेटेर फर्किएका छन् ।
स्रोतका अनुसार उक्त नेताहरुको समुहले नेपाली काँग्रेसले भरतपुर महानरपालिका पाउनुपर्छ भन्ने जनताको चाहाना रहेको भन्दै पार्टी केन्द्रलाई दबाब दिएको बताइन्छ । गत स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गर्दा नेकपा माओवादी केन्द्रले नै पाएको बताउँदै यस पटक स्थानीय जनताहरुको माग काँग्रेसले नेतृत्व पाउनु पर्ने बताइएको छ ।
काँग्रेसले चितवनको भरतपुर महानगरपालिकामा काँग्रेसले नेतृत्व पाउने गरी छलफल अगाडी बढाउन केन्द्रीय नेताहरूलाई भेट्न केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीत नारायण श्रेष्ठसहितको टोली आएको थियो ।
भेटपछि काँग्रेस नेता श्रेष्ठले चितवनको अवस्थामा नेपाली काँग्रेस ठूलो दल भएको र गत निर्वाचनमा आलोपालो गर्ने भन्ने निर्णय भएको बताए । यी तर्कका आधारमा काँग्रेसले भरतपुर महानगरपालिका पाउनुपर्छ भन्ने माग आफुहरुको रहेको बताए ।
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण...
काठमाडौ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन/विश्र्वको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्यनी...