कार्यदलको बैठक बस्दै, एकल बहुमत ल्याउने काँग्रेसको दावी – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

कार्यदलको बैठक बस्दै, एकल बहुमत ल्याउने काँग्रेसको दावी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा मोडालिटीमा सिट बाँडफाँट गर्ने विषयमा छलफल हुने कार्यदलका सदस्य बेदुराम भुसालले बताए ।

साउनभित्रमा सिट बाँडफाँटको खाका तयार गर्न कार्यदलको दोस्रो बैठक बस्न लागेको हो । गठबन्धनका दलहरूबीचमा प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै क्षेत्रमा गठबन्धन गर्ने भएको छ । १ सय ६५ सिटमध्ये कांग्रेसको भागमा १०० सिट हुनुपर्ने पक्षमा कांग्रेस नेताहरू छन् । माओवादी केन्द्रले दोस्रो ठूलो दलका रुपमा दाबी गरेको छ ।

स्थानीय तहको निर्वाचनबाट कांग्रेस मात्र नभई माओवादी केन्द्र पनि हौसिएको छ । दुईवटा मोडेलमा छलफल सुरु भएको नेताहरुले बताएका छन् । पहिलो, स्थानीय तहको निर्वाचनका आधारमा जसको प्रभाव जहाँ राम्रो छ, त्यहीअनुसार अघि बढ्ने । दोस्रो, ०७४ सालको संघीय निर्वाचनमा आफूले जितेका क्षेत्रमा दाबी यथावत् राख्ने उनीहरुको तर्क छ ।

स्थानीय तहको निर्वाचनको नतिजाले कांग्रेस एक्लैले पनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एकल बहुमत ल्याउन सक्ने भन्दै कांग्रेसका केही नेताहरू गठबन्धनबिरुद्ध पनि बोल्न थालेका छन् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०७९ श्रावण २६, ०९: ०२

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०७९ श्रावण २६, ०९: ०२

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७९ श्रावण २६, ०९: ०२

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...