
नयाँ विकल्प,
काठमाडौं – आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा सदस्यका लागि दलहरुले धेरै संख्यामा पुरुष उम्मेदवार खडा गरेका छन् भने महिला उम्मेदवारलाई कम प्राथमिकता दिएका छन् ।
प्रतिनिधिसभा तर्फ २ हजार १८७ पुरुष उम्मेदवार रहँदा २२५ महिला उम्मेदवार रहेका छन् । १४१ कुल उम्मेदवार उठाएको एमालेमा १३० पुरुष उम्मेदवार रहेका छन् भने ११ जना महिला उम्मेदवार रहेका छन् । १४० कुल उम्मेदवार उठाएको राप्रपाले १३२ पुरुष उम्मेदवार र ८ जना महिला उम्मेदवार उठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कूल १३१ उम्मेदवार उठाउँदा १२ जना महिला र ११९ जना पुरुष उम्मेदवार उठाएको छ ।
यस्तै नेमकिपाले १०९ उम्मेदवार उठाउँदा ९७ पुरुष र १२ जना महिला उम्मेदवार उठाएको छ । सबैभन्दा धेरै महिला उम्मेदवार उठाउने दलमा नेमकिपा र राष्ट्रिय स्वतन्त्र पार्टी रहन गएको छ । यस्तै मंगोल नेशनल अग्रनाइजेशनले कुल ८८ उम्मेदवार उठाएकोमा ७८ पुरुष र १० महिला उम्मेदवार उठाएको छ । माओवादी केन्द्रले कूल ४६ उम्मेदवार उठाएकोमा ३८ पुरुष र ८ महिला, नेकपा एकीकृत समाजवादीले कूल २१ उम्मेदवार उठाएकोमा १ महिला उम्मेदवार र २० पुरुष उम्मेदवार उठाएको छ ।
कूल ८६७ स्वतन्त्र उम्मेदवार मध्ये ७९० पुरुष र ७७ महिला उम्मेदवार रहेका छन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...
काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...