प्रसाईँलाई कालोमोसोः युवाले तह लगाएको महेश बस्नेतको टिप्पणी – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

प्रसाईँलाई कालोमोसोः युवाले तह लगाएको महेश बस्नेतको टिप्पणी

काठमाडौं। व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दल्ने एमाले कार्यकर्ता भएको आरोप छ । एक्लो अवस्थामा भएका बेला आफू माथि कालोमोसो दलेको प्रसाईँले बताए । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका लाई सम्मेलन सकेर बाहिर निस्किने क्रममा उनीमाथि कालोमोसो दलेका थिए ।

उक्त घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको प्रसाईले आरोप लगाए । सर्वहारा वर्गको पक्षमा वकालत गर्दा एमाले कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको प्रसाईंले दावी गरे । देशमा देखिएका विभिन्न समस्याका विषयमा राखिएको छलफल कार्यक्रमलाई सम्बोधन गरिसकेपछि गाडी चढ्ने बेलामा कालोमोसो छ्यापेको उनको आरोप छ।

तर दुर्गा प्रसाईंलाई युवाहरुले तह लगाएको एमाले नेता महेश बस्नेतले टिप्पणी गरेका छन् । एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री बस्नेतले कालोमोसो दलिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई युवा संघको तागत ननाप्न चेतावनी दिए । काठमाडौंको जमलमा रहेको होटेल एल्लो पकोडामा आयोजित पत्रकार सम्मेलन समापन गरेर निस्किने क्रममा प्रसाईंमाथि कालो मोसो दलिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतको नाम लिएर प्रसाईंले पैचों तिर्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा महेश बस्नेतले प्रसाईंलाई युवाहरुले आज तह लगाएको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित समाचार

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० आश्विन २२, २१: २३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० आश्विन २२, २१: २३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० आश्विन २२, २१: २३

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...