धनगढी । एमाले सुदूरपश्चिम प्रदेशको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । प्रदेशको भावी नेतृत्वका लागि सहमति जुटाउँने प्रयास असफल भएपछि बाध्य भएर निर्वाचन गर्नु परेको समितिले जनाएको छ ।
आज साँझ ५ बजेदेखि मतदान हुने प्रमुख निर्वाचन अधिकृत पदम पालले बताए ।
सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ देखी ९ः३० बजेसम्म उम्मेदवारी दर्ता, ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
गत आइतवार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सो अधिवेशनको भावी नेतृत्वका लागि हिजो दिनभर सहमतिको प्रयास गरिएको भए पनि सफल नभए पछि हिजो साँझबाट नै निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।
प्रदेश अध्यक्षका लागि अछामका कृष्ण प्रसाद जैशी, कमल तिमिल्सिना र कञ्चनपुरका वचन सिंहले दाबी गरेका छन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...