बझाङ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव बझाङ पुृगेका छन् । भुकम्प पीडितलाई राहत हस्तान्तरण गर्न उनी त्यहाँ पुगेको नेकपाले जनाएको छ ।
आइतबार विप्लवले पीडित र प्रभावितहरुका लागि सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीलाई नगद रु. १ लाख र सय ओटा कम्बल हस्तान्तरण गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बझाङमा आयोजित राहत वितरण कार्यक्रममा भुकम्पको कारण ज्यान गुमाएकी जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की गुनमती धामीको छोरा करण धामीलाई १० हजार नगद समेत हस्तान्तरण गरेका छन् ।
असोज १६ गते बझाङ केन्द्रविन्दु भएर गएको भुकम्पले जिल्लामा मानवीय तथा भौतिक क्षति भएको थियो ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...