काठमाडौं । कोशी प्रदेशमा केदार कार्की मुख्यमन्त्री बनेसँगै केन्द्रीय राजनीतिमा हलचल पैदा भएको छ । एमालेको जोडबलमा कांग्रेस कार्की मुख्यमन्त्री बनेपछि शीर्ष नेताहरु प्रचण्ड नेतृत्वको सरकार ढाल्न लागिपरेको अभिव्यक्ति दिन थालेका छन् ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रचण्डको प्रधानमन्त्री पद अब बढिमा दुई महिनामात्रै रहने टिप्पणी गरेका छन् ।हचुवाको भरमा नभएर गम्भीर सूचनाको आधारमा भनेको पाण्डेले दाबी गरेका छन् ।
कोशी प्रदेशको प्रभाव केन्द्रसम्म पर्ने मात्रै होइन सरकार नै ढल्ने जोतिषी गरेका एमाले नेताहरुले सार्वजनिक अभिव्यक्ति नै दिन थालेका छन् । बुद्धि पुर्याए एमाले–कांग्रेसको सहकार्य गर्न ढिलाई गर्न नहुने धारणा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले राख्दै आएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले पनि प्रचण्ड नेतृत्वको सरकार चाँडै ढाल्नुपर्ने औंल्याएपछि प्रचण्डले ढालेर देखाउन चेतावनी दिएका छन् । शेखर कोइरालालाई एमाले नेतृत्वले केन्द्रीय सरकारको नेतृत्व गर्ने अवसर दिने खेल खेलेको कांग्रेस नेताहरुको पनि दाबी छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले शेखर कोइरालाको पछिल्लो कदम र एमालेसँग साँठगाँठलाई लिएर महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापासँग हिजो गम्भीर छलफल गरेका थिए ।
कोशीमा विकसित राजनीतिक घट्ना र उत्पन्न परिस्थितिको सभापतिले नै जिम्मा लिनुपर्ने शर्मा र थापाको जिकिर छ । यता प्रधानमन्त्री प्रचण्डले भने अहिलेको गठबन्धन संसद्को पूरा कार्यकाल नै रहने दाबी गरेका छन् ।
कोशीमा एमालेले खेल्न खोजेको भएपनि आफूहरुले त्यसलाई रोकेको दाबी सुनाए । गठबन्धन टुटाउने खेल खेले एमाले आँफै ठूलो खाडलमा फस्ने चेतावनी दिएका छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...