विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजेकाे प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।
मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज विश्वासको मत लिने कार्यसूची तय गरेको हाे ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन ।
एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि कार्कीलाई विश्वासको मत दिने निर्णय गरेका छन् ।
विश्वासको मत प्राप्त गरेपछि सरकार विस्तार गर्ने कार्कीको तयारी गरेका छन् । कति सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने र कुन-कुन दललाई सरकारमा सहभागी गराउने भन्ने टुंगो भने लागेको छैन ।
कार्कीलाई मुख्यमन्त्री बनाउन सघाएको एमालेले पाँच मन्त्रालयमा दाबी गरेको छ भने राप्रपा र जसपाले मत दिने कि नदिने भन्नेमा दाेधारमा छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...