काठमाडौँ । धार्मिक र जातीय द्वन्द्वसँगै मुलुक अत्यन्त गम्भीर बाटोबाट अघि बढेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन् ।
बिहीबार विराटनगरमा आयोजित चियापान कार्यक्रममा नेता कोइरालाले मुलुकका विभिन्न क्षेत्रमा धार्मिक र जातीय द्वन्द्व बढ्दै गएकाे भन्दै चिन्ता व्यक्त गरे ।
डा. कोइरालाले भने, ‘पछिल्लो समय मुलुकमा धार्मिक द्वन्द्व बढ्दै गएको छ । यो कतैबाट गराइएको वा स्वतःस्फूर्त भएको हुनसक्छ, यसले मुलुक जातीय द्वन्द्वमा फस्ने त होइन भन्ने चिन्ता बढाएको छ ।’
नेता कोइरालाले देश जातीय द्वन्द्वमा फस्यो भने नेपाल नै नरहने जिकिर गरे । सरकारले सुशासनमा ध्यान दिनुपर्ने सुझाव दिदै नेता कोइरालाले मौलाउँदो भ्रष्टाचारलाई निर्मूल बनाउनुपर्ने उनले बताए ।
अन्य प्रदेशभन्दा कोशी प्रदेशपछि पर्दै गएकोमा चिन्ता व्यक्त गर्दै विगत एक वर्षको सत्ता खिचातानीले विकासको क्रममा कोशी प्रदेश धेरै पछि परेको दाबी गरे ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...