काठमाडौं। कोशी सरकारमा सहभागी एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टीको निर्देशानुसार एमाले बाहिरिन लागेको हो।
त्यसबारेमा औपचारिक निर्णय भने सोमबार बिहान बस्ने संसदीय दलको बैठकले गर्ने स्रोतले बतायो ।
मुख्यमन्त्रीसहित अन्य पार्टीका नेताहरुसँग कुराकानी गरेर सोमबार बिहान बस्ने संसदीय दलको बैठकले मात्रै आवश्यक निर्णय गर्ने एमाले नेता रेवतीरमण भण्डारीले बताए ।
मुख्यमन्त्रीमा केदार कार्की निर्वाचित भएपछि नेकपा एमालेका तर्फबाट एकजना मन्त्री सहभागी भएका थिए । उनलाई फिर्ता बोलाउने तयारी एमालेको रहेको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...