काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको वर्षे अधिवेशनमा सांसदहरुलाई पन्ध्र दिनको मात्रै तलब दिँदा उपयुक्त हुने बताएका छन् ।
दिन गुजारेको हिसाबले करिव ६ महिनाको तलब लिए पनि कामको परिणामका हिसाबले १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था देखिएको उनको भनाइ छ ।
संसदलाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रुपमा पर्याप्त काम गर्न नसकेको स्वीकार गरे । महामन्त्री शर्माले संसदको वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छिपना र प्रतिपक्षी एमालेको आवेगपनाले काम गरेको बताए ।
संसदको वर्षे अधिवेशन कमजोर देखिए पनि अनुभव भने प्रशस्त भएको तथा उपलब्धिमुलक बनाउनुपर्ने आत्मबोध भएको बताए । संसदको यस बर्खे अधिवेशनबाट सबैले पाठ सिकेर आगामी दिनमा संसदलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...