
काठमाडौं । नेसपाले लामो समयदेखि पार्टी एकता गर्ने भनिरहेका बेला पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई यहि विषयमा पार्टी केन्द्रीय समिति बैठक बोलाएका छन् ।
नेसपाले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलाएको जनाएको छ । बैठकमा सत्तारुढ दल माओवादी केन्द्रसँग हुने भनिएको पार्टी एकताबारे केन्द्रीत रहने बताईएको छ ।
माओवादी र नेसपाबीच लामो समयदेखि पार्टी एकताको चर्चा चल्दै आएकाे छ । अध्यक्ष भट्टराईले बोलाएको बैठकमा कि एकता हुन्छ कि पुरै पारपाचुके हुने एक नेताले बताए ।
तत्काल पार्टी एकताको पक्षमा केही नेताहरू नरहेको बुझिएको छ भने खानेपानी मन्त्री महिन्द्र राय यादव र बागमती प्रदेशका आन्तरिक मामिला तथा कननुनमन्त्री गंगानारायण श्रेष्ठ माओवादीसँग यथासीघ्र एकता गर्नुपर्ने पक्षमा देखिएका छन् ।
आगामी बैठकमा माओवादीसँग पार्टी एकता हुने/नहुनेबारे निर्णय हुने एक नेताले बताए । पार्टी कार्यकारी अध्यक्ष भट्टराई भएपनि गत भाद्रमा माओवादीले अर्का अध्यक्ष यादवलाई सम्बोधन गर्दै एकताका लागि पत्र लेखेको थियो ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...