काठमाडौं। कोसी प्रदेशको सरकारबाट एमालेलाई नबाहिरिन आग्रह गरेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले एमालेलाई सरकारमा ल्याउने प्रयास भइरहेको बताए ।
बजेट आएपछि सरकारले पूर्णता पाउने भन्दै उनले अब पनि सहमतिको सरकार बनाउने प्रयास जारी रहेको धारणा राखे । जनतालाई आशा देखाउने गरी सरकारले काम गर्न नसकेको भन्दै चिन्तित हुनुपर्ने अवस्था नआएको नेता कोइरालाले जिकिर गरे ।
गणतन्त्र खराब व्यवस्था नभए पनि राजनैतिक दलका नेताहरुको कारण बद्नाम भएको र जनतामा निराशा छाएको धारणा राखे । मिडियाले सरकारको विरोध गर्ने कार्यलाई सल्लाहका रुपमा लिएर सच्चिदै जानुपर्ने र सरकार प्रमुखबाट बेला बेलामा भइरहेको अभिव्यक्तिले पनि अराजकता निम्तिएको बताए ।
नेता कोइरालाले अन्य देशहरुको उदाहरण दिँदै सामाजिक सञ्जालहरुलाई नियमन गर्नुपर्ने बेला सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउनु ठूलो गल्ती गरेको जिकिर गरे ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...