काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजतन्त्रको प्रेतात्मा बोकेर हिँडेको एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले टिप्पणी गरेकी छन् ।
प्रसाईँको उक्त कार्यलाई गलत बाटो भन्दै प्रसाईँले राजतन्त्रको प्रेतात्मा बोकेर हिँडदैमा बैंकको ऋणबाट उन्मुक्ति नपाउने बताइन् । दुर्गा प्रसाईँ आज यसरी हिँड्नुको पछाडि राज्यका पनि कमिकमजोरी रहेको उनको भनाई छ ।
प्रसाईँले मेडिकल कजेल र हस्पिटल चलाउन राज्यबाट पाएको एलओआई, त्यो एलओआईको आधारमा उनले गरेको लगानीबारे राज्य गम्भीर हुन नसकेको उनको स्वीकारोक्ति छ ।
प्रसाईँले गरेको लगानीको संरक्षण राज्यले गर्न पर्छ कि पर्दैन भन्ने कुरामा विर्मश र वहस गर्न सकिने बताइन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...