काठमाडौं । बिहीबारको विरोध प्रदर्शनका लागि एमाले निकट युवा संघ र मेडिकल व्यवसायी एवं गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईं समूहले तयारी तीव्र पारेका छन् ।
दुवै समूहले प्रदर्शन भव्य पार्ने घोषणा गरेको भए पनि प्रशासनले निषेधाज्ञा जारी गरेर प्रदर्शन फरक फरक ठाउँ तोकिदिएको छ। युवा संघले तीनकुनेमा र प्रसाईं समूहले बल्खुमा प्रदर्शन गर्ने भएका छन् ।
रोचक त के भने युवा संघले सल्लाघारीबाट र प्रसाईं नेतृत्वको समूहले सानो ठिमी एसओएसबाट जुलुस निकाल्ने भएका छन् । युवा संघको जुलुस मोटरसाइकल सहित कोटेश्वर हुँदै च्यासलस्थित पार्टी कार्यालयमा पुग्नेछ ।
च्यासलबाट बागमती करिडोर हुँदै बिहान साढे १० मा युवा संघको जुलुस तीनकुने पुग्ने रुट तय गरिएको छ।
यता दुर्गा प्रसाईं नेतृत्वको समूहको जुलुस सानोठिमीबाट पेप्सीकोला हुँदै मित्रपार्क पुग्ने र भित्री बाटो र चक्रपथ हुँदै बल्खु पुग्ने गरी रुट निर्धारण गरिएको छ ।
जुलुसको नेतृत्व प्रसाईं र महेश बस्नेतले गर्नेछन् । बस्नेतको गृहजिल्ला भक्तपुर नै हो भने प्रसाईंको पनि भक्तपुरमा घर छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...