कोशी प्रदेशसभामा पेस भयो बजेट प्रतिस्थापन विधेयक – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कोशी प्रदेशसभामा पेस भयो बजेट प्रतिस्थापन विधेयक

काठमाडौ । चालु आर्थिक वर्ष २०८० ०८१ का लागि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बजेट अध्यादेश प्रतिस्थापन विधेयक प्रदेशसभामा पेस गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकमा सो विधेयक पेस गरेका हुन् ।

कार्कीले प्रतिस्थापन विधेयक मार्फत् ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेस गरेका हुन् । यसअघि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत बजेट ल्याएका थिए ।

उनले ३७ अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको बजेट ल्याएका थिए । सो अध्यादेशभन्दा बाहेकका केही नयाँ योजना थप गरेर कार्कीले शनिबार अध्यादेश प्रतिस्थापन विधेयक प्रदेशसभामा पेस गरेका हुन् ।

उक्त बजेट विधेयकमा चालुतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार बजेट विनियोजन भएको छ । पुँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्था तर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार बजेट विनियोजन भएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर ९, १९: २९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर ९, १९: २९

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर ९, १९: २९

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...