कोशीमा निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कोशीमा निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने

विराटनगर । कोशीमा सत्तारुढ दलले सभामुखको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका छन् । तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि कोशीम सभामुख पद रिक्त छ ।

गत बिहीबार गठबन्धनको बैठकले सभामुखको निर्वाचनपछि मन्त्रिपरिषद विस्तार गर्ने सहमति गरेको नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले बताए । सभामुखको निर्वाचन गर्ने सहमति भएपनि कसलाई अघि सार्ने भन्ने गठबन्धन दलबीच सहमति भएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनको शीर्ष नेताको बैठकले गत कात्तिकमा इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै सभामुख राप्रपालाई लिन आग्रह गर्ने सहमति गरेका थिए ।

तर शेखर कोइराला समूहका ८ जना सांसदले एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि शीर्ष नेताको योजना भत्किएको थियो ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर १७, २१: १०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर १७, २१: १०

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर १७, २१: १०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...