धरौटीमा छाड्न आदेश दिएपनि नक्कली भुटानी शरणार्थी प्रकरणका ३ आरोपी रिहा भएनन् – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

धरौटीमा छाड्न आदेश दिएपनि नक्कली भुटानी शरणार्थी प्रकरणका ३ आरोपी रिहा भएनन्

काठमाडौं । धरौटीमा छाड्न उच्च अदालतले आदेश दिएपनि नक्कली भुटानी शरणार्थी प्रकरणका तीन आरोपी रिहा भएनन् । हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसीलाई गत शुक्रबार उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको थियो ।

आदेश अनुसार महर्जनले १५ लाख, मियाँ र केसीले १०–१० लाख रुपैयाँ धरौटी बुझाएका थिए । तर उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धान गरिरहेको छ ।

अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा बुझाउनुपर्ने भएकाले उनीहरु रिहा नभएको केन्द्रीय कारागार स्रोतले बतायो । उच्च अदालतले आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न शुक्रबार आदेश दिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका मध्ये ९ जनालाई थुनामा नराख्न आदेश दिएको छ । टोपबहादुर रायमाझी, इन्द्रजित राई,

आङटावा शेर्पा लगायत ९ जनालाई थुनामै राख्न आदेश दिएको छ । बालकृष्ण खाँणको हकमा दुई न्यायाधीशको राय बाझिएकाले तेस्रो न्यायाधीशको इजलासमा पुनः सुनुवाइ हुने बताइएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर १७, २२: ००

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर १७, २२: ००

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर १७, २२: ००

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...