काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोक्ने बारे बैठक बोलाइएको छ।
सोमबार पार्टी कार्यालय आलोनगरमा बसेको सचिवालय बैठकमा मिति सार्नेबारे छलफल भए पनि अन्योल भएको उपहासचिव जगन्नाथ खतिवडाले बताए ।आज ११ बजे बस्ने बैठकले मिति तय गर्ने उनको भनाइ छ।
यसअघि माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको थियो । तर, पार्टीको जागरण अभियानको सन्देश, जाजरकोट भूकम्प र राष्ट्रियसभाको निर्वाचनका कारण मिति सार्नुपर्ने खतिवडाको भनाइ छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको वैचारिक असहमतिका कारण महाधिवेशन सर्ने कुरा नभएको जिकिर गरे ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...