काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ नेपालको लागि उपलब्धिमूलक भएको वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले दावी गरेका छन् । सम्मेलनमा नेपालको बारेमा चर्चा भएको मन्त्री महतोको भनाई छ ।
आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् । मन्त्री महतोले सम्मेलनमा नेपालको सरकारी तथा गैरसरकारी प्रतिनिधिहरुको एकै स्वर रहेको र यसपटक नेपालले आफ्ना एजेन्डा जोडदार रुपमा उठाएको बताए ।
उनले भने,“ यसपटक हामी वानडोर विन्डोज सिस्टमबाट प्रस्तुत भएका थियौं ।” कोप–२८ को पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलेले नेपाल भ्रमण गरेको र नेपाललाई उच्च प्राथमिकतामा राखेकोले यसपटक सम्मेलनमा नेपाललाई उच्च प्राथमिकता दिईएको बताए ।
मन्त्री महतोले यसपटकको सम्मेलनमा नेपालको आफ्नै पेभेलियन भएकोले क्लाईमेट चेञ्जका बारेमा प्रभावकारी रुपमा छलफल तथा अन्तरक्रिया गरिएको जानकारी दिए । उक्त पेभेलियनमा नेपालका प्रतिनिधिहरु विहानदेखि बेलुकासम्म व्यस्त भएका थिए ।
कोप २८ नेपाल पेभेलियनमा डिसेम्बर ३ देखि डिसेम्बर ८ सम्म २५ वटा साईड इभेन्ट्स सञ्चालन भएका थिए । आगामी दिनमा यही पेभेलियनमा १४ वटा भन्दा बढि साईड इभेन्ट्स हुने पनि उनले जनाए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...