काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा नहुने सम्भावना देखिएको छ । सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो केन्द्रीय कार्यसमितिको बैठकमा नै पुस १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने टुंगो लागेको महासमिति बैठक सार्नुपर्ने धारण राखेका थिए ।
कांग्रेसले मंसिर १३ देखि १५ गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो । तर, पछि समय अभाव भन्दै मंसिर २९ देखि २ पुस सम्मको मिति तय गरेको कांग्रेसले कार्तिक १७ मा जाजरको केन्द्र भएर गएको भूकम्पलाई देखाउँदै बैठक पछि धकेलेको थियो ।
देउवाले अब फागुनमा महासमिति बैठक सार्ने तयारी गरेको कांग्रेस निकट स्रोतले बताएको छ । महासमिति बैठकको नयाँ मिति तय गर्न र राष्ट्रिय सभा चुनावका लागि दल दर्तालगायत प्रक्रिया अघि बढाउन सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइसकेका छन् ।
उक्त प्रस्तावलाई महामन्त्रीद्धय गगन थापा । र विश्वप्रकाश शर्मासँगै संस्थापन इतर समूहका नेताहरुले भने अस्वीकार गरेका छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...