धनकुटा । महिला सहभागीता बिना मुलुकको विकास समृद्धी असंभव रहेको नेपाल महिला संघ धनकुटा नगर समितिले जनाएको छ । महिला भेता तथा महिला जनप्रतिनिधिहरुसंघको अन्र्तक्रिया कार्यक्रममा यस्तो धारणा आएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले उद्घाटन गर्दै मुलुकमा महिलाहरु अहिले निर्णायक शक्तिमा रहेको बताए । महिलाहरुलाई हरेक क्षेत्र र तहमा अनिवार्य सहभागीता गराउनु पर्नेमा उनको जोड थियो । महिला सहभागीता बिना मुलुकको विकास र समृद्धी नहुने नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बाले बताइन् ।
नगरका अध्यक्ष राधा बजगाई तिम्सिनाको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राई, सहसचिव गिरिजा प्रसाद दाहाल, महासमिति सदस्य सिता श्रेष्ठ, महिला नेता ज्योती प्रधान, रेणु कार्की प्रधान, दुर्गा शिवा, सिता दाहाललगायतले आत्म निर्भर बनाउन महिलाका लागि आयमुलुक अभियान संचालन गर्नु पर्ने जिकिर गरे ।
धनकुटा नगर कार्य समिति सचिव हिरा राईले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कमला पाण्डेले गरेकी थिइन । कार्यक्रममा महिला नेतृ ज्योती प्रधान र रेणुका कार्कीले सहजीकरण गरेकी थिइन् ।
कार्यक्रममा कांग्रेस महासमिति सदस्यरु आनन्द सन्तोषी राई, सुमना तिम्सिना, जिल्ला सदस्य पुरेन्द्रलाल श्रेष्ठ, रेणु श्रेष्ठ, निरुपा राई, नगर कार्य समिति उपसभापति अभिषेक कर्माचार्य, वडा नं १० का सभापति अमर खनाल, सदस्य राजेन्द्र राई, महिला संघ धनकुटा उपाध्यक्ष अम्विका धमला, सचिव संगिता चापागाई,
सदस्य मन्दिरा भट्टराई, रेजिना पलिखे, लिजा श्रेष्ठ, सुजता श्रेष्ठ, महिला जनप्रतिनिधि कुसुम श्रेष्ठ जोशी, बिमला राई, चन्द्रमया विक, आशा विक, मन कुमारी राई, दुर्गा विक, महिला नेता पूर्णमाया राई, सत्यश्वरी राईलगायतको सहभागिता रहेको थियो ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...