काठमाडौँ । प्रदेश, जिल्लालगायत कार्यसमितिलाई कुनै पद रिक्त भएमा कारण खुलाई पाँच दिनभित्र केन्द्रीय कार्यालयमा विवरण पठाउन नेपाली काँग्रेसले निर्देशन दिएको छ।
महामन्त्री गगन थापाले मंसिर २५ मा प्रदेश र जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै रिक्त स्थानको जानकारी गराउन भनेका हुन्।
पार्टीका प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, गाउँ–नगरपालिका, वडामा निर्वाचन हुन बाँकी रहेका पद वा विधानतः विविध कारणले रिक्त रहेका पद भए जानकारी गराउन निर्देशन दिएको हो।
प्रदेश भित्रका रिक्त पद, मनोनीत गर्न बाँकी पदबारे जानकारी गराउनुपर्नेछ। साथै जिल्ला कार्यसमितिले जिल्ला र तल्लो सबै तहका रिक्त पद र मनोनीत गर्न बाँकी रहेको अभिलेख पठाउनुपर्ने परिपत्रमा उल्लेख छ।
२०७८ मंसिर २४ गतेदेखि २८ गतेसम्म काँग्रेसले १४ औँ महाधिवेशन गरेको थियो । महाधिवेशन भएको छ महिनाभित्र मनोनीत गरिनुपर्ने कतिपय पदहरू अहिलेसम्म पनि मनोनीत भएका छैनन् ।
काँग्रेसले रिक्त पदमा पुन निर्वाचन गर्ने कि के गर्ने भन्ने छलफलका लागि विवरण माग गरेको हो।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...