काठमाडौं । नक्कली भूटानी शरणार्थी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले धरौटी रकम बुझाएका छन् ।
बिहीबार उच्च अदालत पाटन इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपछि शुक्रबार धरौटी रकम बुझाएका हुन् ।
अदालतबाट धरौटी तिरेको पत्र पुगेपछि केही बेरमा केन्द्रीय कारागार जगन्नाथदेवलले उनलाई छाड्दै छ । स्वागत गर्न कांग्रेसका कार्यकर्ताहरूको अहिले केन्द्रीय कारागार जगन्नाथदेवल अगाडि भीड लागेको छ ।
लगतै खाणलाई बयानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लैजाने तयारी भइरहेको छ । जेलमुक्त हुने प्रक्रिया पुरा भएपछि खाणलाई विभाग लैजाने बताइएको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...