संकल्प यात्राले एमाले नेतामा ऋण थपियो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

संकल्प यात्राले एमाले नेतामा ऋण थपियो

काठमाडौं । नेकपा (एमाले)को झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रा आइतबार पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त भएको छ । तर यो संकल्प यात्राले आर्थिक रुपमा कमजोर भएका केन्द्रीय कमिटीका सदस्यहरुको काँधमा भने ऋण भारी बोकाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आइतबार पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झन्डा फहराएर अभियानको समापन गरेसँगै अभियानमा लागेका केन्द्रीय सदस्यहरुमा भने तनाव थपिएको छ ।
नेकपा एमालेले झुलाघाट – चिवाभञ्ज्याङसम्म मध्यपहाडी लोकमार्गमा गरेको १८ दिने लामो यात्रामा पार्टी नेतृत्वले पदाधिकारीलाई पुरै १८ दिन, केन्द्रीय सदस्यहरुलाई प्रदेशमा र प्रदेशका सबै कमिटिका पदाधिकारी र सदस्यहरुलाई प्रदेश स्तरका भेलामा अनिवार्य उपथित हुन निर्देशन जारी गरेको थियो ।
नेकपा एमालेमा एक दर्जन पदाधिकारीसहित ३४३ जना केन्द्रीय कमिटि सदस्य रहेका छन् । त्यस्तै एक दर्जन भ्रातृ तथा जनवर्गिय संगठनका पदाधिकारीलाई पदयात्रामा अनिवार्य गरिएको थियो ।

नेकपा एमालेमा केन्द्रीय सदस्य भए पनि आर्थिक रुपमा लाखौं लाख खर्च गर्न सक्ने हैसियत सबैमा छन् । धेरै जसो केन्द्रीय सदस्यहरु सांसद वा मन्त्री भएका, जनवर्गिय संगठनमा लागेका, राजनीतिक नियुक्ति पाएका वा स्थानीय तहको जनप्रतिनिधि भएकाहरुलाई सहज भए पनि नयाँ केन्द्रीय सदस्यहरुलाई भने यो अभियानले तनाव थपेको एक केन्द्रीय सदस्यले बताए । केन्द्रीय सदस्यहरुलाई १८ दिन नै यात्रामा सहभागी हुन अनिवार्य दिर्नेशन नभए पनि एउटा प्रदेशमा तीनदेखि चार दिनसम्म पदयात्रा चलेको थियो ।

जसले गर्दा वरपरका जिल्लाका कार्यकर्तालाई सवारी साधनको व्यवस्थासहित खाजा, खाना र लज खर्चको हिसावले न्युनतम पनि तीन लाख खर्च हुने गरेको एक केन्द्रीय सदस्यले बताए । पदयात्राले कार्यकर्तामा उत्साह जगाएको दाबी गरे पनि कार्यकर्ताहरुलाई तराई मधेशबाट गाडी रिजर्भ गरी पठाउनु पर्ने, खान र बस्नको व्यवस्था गर्नु पर्ने भएकाले आर्थिक रुपमा कमजोर भएका केन्द्रीय सदस्यहरु यतिवेला तनावमा परेका छन् । पदयात्रामा आउने र नआउनेको वारेमा केपी ओली आफैले रेकर्ड राख्ने गरेको, जुनसुकै सभामा पनि केपी ओलीवाहेक अरुलाई संवोधन गर्न नदिएको, सुझाव संकलन भन्दा पनि केपी ओलीप्रति भक्तिभाव चढाएको, समर्थन गरेको र प्रशंसा गरिएका मन्तव्य दिन लगाएको गुनासो आएको छ ।

ओलीले आगामी माघदेखि फेरि हुलाकी राजमार्गस्तरिय पदयात्रा गर्ने योजना बनाएका छन् । त्यसबाट आफूहरु झन पीडित हुन सक्ने भन्दै कतिपय केन्द्रीय सदस्यहरु विरामीको वाहाना गर्ने योजना लागेको नाम एक जनवर्गिय संगठनका पदाधिकारीले बताए । मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर मध्यपहाडी लोकमार्गकेन्द्रित यात्राको सुरुआत गरिएकोमा नागरिकको अपेक्षाअनुसारको समाधान पहिल्याउने बाटो खोजेको ओलीले फेसबुकमा दाबी गरेका छन् । एमालेले मध्यपहाडी क्षेत्रको बसाइँसराइ रोक्न भूमिका खेल्ने लक्ष्य लिएको थियो ।

नाम पदयात्रा भनिए पनि संकल्पयात्राको अन्तिम दिन अध्यक्ष केपी शर्मा ओली र एमाले शीर्षस्थ नेताले भने हेलिकप्टर प्रयोग गरेका छन् । पाँचथर सदरमुकामबाट पूर्वी सीमास्थित चिवाभन्ज्याङ पुग्ने क्रममा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताले हेलिकप्टर प्रयोग गरेका हुन् ।

काठमाडौंबाट मगाइएको हेलिकप्टरमा पहिलो खेप वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायत नेता चिवाभन्ज्याङ पुगे । दोस्रो खेपमा ओली र महासचिव पोखरेल उडेको स्थानीय सन्चारकर्मीहरुले बताए । संकल्पयात्राभरि गाडी प्रयोग गरेका ओली र नेताले अन्तिम दिन हेलिकप्टरमा उडेका हुन् । कार्यक्रम समापन गरेर ओली आईतबार नै काठमाडौं फर्किएका छन् । नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २, १२: १२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २, १२: १२

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० पुष २, १२: १२

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...