काठमाडौं । विना धितो न्युनतम ब्याजमा कर्जा उपलब्ध गराई युवालाई स्वरोजगार बनाउने योजना रहेको नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले बताएका छन् ।
आज नगरपालिकाद्वारा आयोजित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम उनले यस्तो बताएका हुन । उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रममा सरिक भएका नगर प्रमुखले नागार्जुनका महिला समूहलाई स्वरोजगार एवं उद्यमी बनाउनका लागि विभिन्न औद्योगिक सामग्रीहरुसमेत वितरण गरेका छन् ।
कार्यक्रममा प्रमुख बस्नेतले नगरबासीको आर्थिक उन्नतीका लागि उनीहरुलाई सक्षम बनाउन युवाहरुलाई विना धितो कर्जा उपलब्ध गराउने धारणा राखे । कार्यक्रममा नगर उप–प्रमुख सुशिला अधिकारी, प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष महेश रिमाल,
वडाध्यक्षहरु रामेश्वर लामा, सुन्दर के.सी., देवेन्द्रराज गिरी, उमेश लामा, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, वडा सदस्यहरु, सामाजिक विकास शाखा प्रमुख कल्पना अधिकारी, उद्योग तथा सहकारी शाखा प्रमुख सीता घिमिरे, सहजकर्ता राधिका तिवारीलगायत महिला उद्यमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...