काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी छ । बिहान ११ बजे सानेपामा बस्ने बैठकमा । सरकारको गम्भीर समीक्षा गरिने केन्द्रीय समितिका नेताहरूले बताएका छन् ।
बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी रहेकाले बोल्न बाँकी सदस्यहरूले सरकारको कामकारबाहीबारे धारणा राख्नेछन् । बिहीबार महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गरेका थिए ।
यस्तै महामन्त्री गगनकुमार थापाले जाजरकोट भूकम्पका सम्बन्धमा जानकारी गराएका थिए । केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दीपक गिरी,
मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा डिला सङ्ग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर,
मुक्ताकुमारी यादव, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह र सीतादेवी देवकोटाले धारणा राखेका थिए ।
ललितपुर : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारको निरन्तरता र समसामयिक विषयहरूमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।...
काठमाडौं : सुनसरीलगायत तराईका विभिन्न क्षेत्रमा हालै देखिएको आपसी द्वन्द्व र तनावप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो चिन्ता व्यक्त गरेका छन्...
सिरहा : सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर...