काठमाडौं । नेपाली कांग्रेसले पार्टीका ६ वटा भातृ संघका तदर्थ समितिको विधान बमोजिम अवधि समाप्त भएकोले ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।
पार्टीले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ र नेपाल लोकतान्त्रिक खेलकूद संघलाई ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय भएको जनाईएको हो ।
पार्टीले ६ महिनाअघि नै डुजाङ शेर्पाको संयोजकत्वमा नेविसंघ, विद्वान गुरुङको संयोजकत्वमा तरुण दल गठन गरेको थियो । कैठकले नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिको काम कार्वाहीलाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय गर्न केन्द्रीय कार्यसमितिले एक केन्द्रीय संयन्त्र गठन गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै वार्षिक कार्ययोजना अनुरूप कार्तिक महिनामा संचालन गर्ने तय भएको ‘समुदायमा कांग्रेस’ अभियान विविध कारणले समयमै सम्पन्न हुन नसकेकोले २०८० माघ ७ देखि २२ गतेसम्म केन्द्रीय प्रतिनिधि खटाई सम्पन्न गर्ने कांग्रेसले निर्णय गरेको छ ।
-नयाँ विकल्प साप्ताहिकबाट…
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...