
जनकपुरधाम । उम्मेदवारी दर्ता गराउन पुगेका एक उम्मेदवारको मतदाता नामावलीमै नाम नभएपछि नेकपा एमालेले उम्मेदवार परिवर्तन गरेको छ ।
नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन प्रदेश निर्वाचन कार्यालयमा पुगेका अर्जुन सिंह राजपुतको मतदाता नामावलीमा नाम नभेटिएपछि उनको ठाउँमा विजाता झाले उम्मेदवारी दिएकी हुन् । झा जनकपुरधामकी हुन् । मधेश प्रदेशमा अन्य समूहबाट राजपुत उम्मेदवारी दिन पुगेका थिए । सिंह उम्मेदवार सिफारिस भएपनि मतदाता नामावलीमा उनको नाम नरहेपछि झालाई उम्मेदवार बनाइएको हो ।
एमालेबाट मधेशमा पर्साकी उषादेवी थरुनीले पनि उम्मेदवारी दिएकी छिन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...