काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रका लागि कम्तिमा ५ प्रतिशत छुट्याउनुपर्ने प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा आरजु राणा देउवाले बताएकी छन् ।
बुधबार बसेको बैठकमा कृषिमन्त्री वेदुराम भुसालले बजेट अभावका कारण कृषिको आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्न नसकिएको र १० लाख हेक्टरभन्दा बढी जमिन बाँझो रहेको बताएपछि सभापति डा राणाले यस्तो बताएकी हुन् ।
राणाले कृषि समितिको तर्फबाट आगामी बजेटमा कृषि क्षेत्रको हिस्सा बढाउन पहल लिने जिकिर गरीन् । समितिले अर्थ मन्त्रालयलाई पत्र नै पठाएर कृषि क्षेत्रमा बजेट बढाउन पहल लिने प्रतिबद्धता जनाइन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...