कोशीमा फेरी असन्तुष्टि, मुख्यमन्त्री बन्दा साथ दिएका सांसदसमेत शपथमा अनुपस्थित – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कोशीमा फेरी असन्तुष्टि, मुख्यमन्त्री बन्दा साथ दिएका सांसदसमेत शपथमा अनुपस्थित

काठमाडौं । कोशी प्रदेशमा फेरी असन्तुष्टि माैलाएकाे छ । नवनियुक्त ४ मन्त्री र २ राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएसंगै असन्तुष्टि चुलिएको हाे । प्रदीप सनुवार – स्वास्थ्य, राजेन्द्र कार्की –सामाजिक विकास, रामकुमार खत्री–उद्योग, कृषि तथा सहकारी, नारायणबहादुर बुर्जा मगर –खानेपानी, सिंचाइ तथा ऊर्जा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शुक्रवार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका थिए । आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सुनिताकुमारी गुरुङले पनि शपथ लिएका छन् ।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेसँगै प्रदेश सरकारप्रति असुन्तुष्टिका चाङहरू देखा पर्न थालेको एक मन्त्रीले बताए ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कार्कीले शुक्रवार ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका थिए । शपथ ग्रहण सकिएलगतै उनकै दल कांग्रेस र सत्ता गठबन्धनकै दल नेकपा (एकीकतृ समाजवादी) ले विरोध जनाए । कांग्रेस इतर पक्षका नेता डा शेखर कोइरालानिकट मानिने मुख्यमन्त्री कार्कीले शुक्रवार गरेको मन्त्रिपरिषद् विस्तारप्रति पार्टीकै संस्थापन पक्ष असन्तुष्ट बनेको यो पहिलो घटना हो ।

संसदीय दलका नेतासमेत रहेका उद्धव थापासहित कांग्रेसका सांसदहरूले शपथ ग्रहण नै बहिस्कार गरेर हिडेका थिए । कार्की कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेको सहयोगमा मुख्यमन्त्री बन्दा साथ दिएका सांसदसमेत शपथमा अनुपस्थित रहेपछि विवाद झन चुलिदै गएको हो । मन्त्री हुने बाहेक शपथ ग्रहणमा कोही पनि कांग्रेसका सांसद उपस्थित भएनन् ।

सम्बन्धित समाचार

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ २७, ०७: ५५

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २७, ०७: ५५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २७, ०७: ५५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...