प्रचण्ड प्रधानमन्त्री हुँदा आपत्ती छैनः महासेठ – Naya Bikalpa
September 20, 2026, Sunday      Epaper

प्रचण्ड प्रधानमन्त्री हुँदा आपत्ती छैनः महासेठ

नेकपा एमालेका नेता रघुवीर महासेठले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन देशी तथा विदेशीहरुको षड्यन्त्र सुरु भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्नको लागि षड्यन्त्र भैरहेको छ, तर जनताले म्याण्डेट दिएका, जनताको चाहना केपी ओली नै मुलुकको नेतृत्व गर्नुपर्छ भन्ने रहेको उनले बताए ।’
‘जनताले त ओलीकै नाममा वाम गठबन्धनलाई बहुमत दिएका हुन्, तर अहिले उहाँलाई रोक्नको लागि विभिन्न खाले षड्यन्त्रहरु सुरु भएका छन् ।’ निर्वाचन सम्पन्न भएपछि मुलुक स्थिर राजनीतिको यात्रामा अघि बढ्ला भनेर आफूहरुले सोचेको भएपनि मतपरिणाम सार्वजनिक भएसँगै चलखेल सुरु भएको उनको आरोप थियो ।
धनुषा ४ बाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री समेत रहेका नेता महासेठले अहिले देशी तथा विदेशी शक्तिहरुले ओलीको नेतृत्वमा सरकार बन्नुहुँदैन भनेर षड्यन्त्र सुरु गरेको आरोप लगाए । षड्यन्त्रको प्रमुख गोटी भने निर्वाचन आयोग बनेको उनको आरोप थियो । महासेठले भने,‘अहिले प्रत्यक्ष रुपमा निर्वाचन आयोगको भूमिका देखियो, आयोग गोटी बनेको छ, यो कुरा छर्लङ् भैसक्यो, प्रधानमन्त्रीको चयन र समानुपातिकको नतिजा प्रकाशनको लागि राष्ट्रिय सभाको गठन आवश्यक छैन, तर आयोगले संविधानको नै अपव्याख्या गरिरहेको छ ।’ संविधानको धारा ७६ मा सबै कुरा स्पष्टसँग लेखिएको भन्दै उक्त धारलाई गलत रुपमा व्याख्या नगर्न आयोगको ध्यानाकार्षण समेत गराए ।
प्रत्येक प्रदेशमा छुट्टाछुट्टै दिन निर्वाचन गर्ने भनेर तयारी गरिएकोप्रति टिप्पणी गर्दै, ‘२५ गते चुनाव गर्ने अनि सबै प्रदेशमा छुट्टाछुट्टै दिन निर्वाचन गर्ने भनिएको पनि समय लम्ब्याउने खेल भएको बताए ।’ आयोगले देखादेख संविधानको धज्जी उडाएको समेत आरोप लगाए । उनले भने, ‘देउवाले दुई चार महिना अझै सत्ता लम्ब्याउने खेल खेले, वाम गठबन्धन टुटाउन सकिन्छ कि भनेर खेल सुरु भएको छ, तर यो खेल सफल हुन दिँदैनौं ।’ महासेठले आयोग प्रधानमन्त्री देउवाको मात्रै गोटी नबनेर कतै नेपालको प्रगति हेर्न नचाहाने विदेशी शक्तिहरुको गोटी त बनेको छैन भनेर अहिले प्रश्न उब्जिएको समेत बताए । उनले निर्वाचन आयोग र प्रधानमन्त्री मात्रै नभएर मधेशवादी दलका नेताहरुपनि गोटी बनेको गम्भिर आरोप लगाए । ‘उहाँहरुको बोली एकथरी हुन्छ अनि व्यवहार अर्कोथरी देखिएको छ, उहाँहरुको हेडक्वार्टर कहाँ छ ? यो आश्चर्य लागेको छ ।’
त्यस्तै उनले २ नम्बर प्रदेशमा मधेशवादी दलहरुले आपसी समझदारीमा मिलेर सरकार बनाएर राम्रो हुनेथियो भन्ने धारणा राखे । यद्धपी उनले आफूहरुले त्यस्तो संभावना नदेखेको जिकिर गरे । ‘यदि आवश्यक पर्यो भने हामी बाहिरै बसेर भएपनि सरकार बनाउन सहयोग गर्छौं ।’ एमाले–माओवादी केन्द्रवीचको एकता अब कसैले चाहेरपनि नरोकिने उनको जिकिर गरे । एकता हुन्छ, तर जनताको बहुदलीय जनवादको आधारमा नै हुन्छ, हामी जवज छोडेर एकता गर्ने पक्षमा छैनौं, माओवादी केन्द्रका नेताहरुले पनि जवजको लाईन आत्मसात् गरिसक्नुभएको छ ।’ प्रचण्ड प्रधानमन्त्री बनेपनि आफूहरुलाई कुनै आपत्ति नहुने धारणा राखे ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
  • २०७४ पुष २४, ०९: ०९

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...

एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
  • २०७४ पुष २४, ०९: ०९

काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...

सभापति, उपसभातिलगायत विशेष महाधिवेशनका नेतृत्वमा रहेका अधिकांश शीर्ष नेताहरु क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित
सभापति, उपसभातिलगायत विशेष महाधिवेशनका नेतृत्वमा रहेका अधिकांश शीर्ष नेताहरु क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • २०७४ पुष २४, ०९: ०९

काठमाडौं : नेपाली कांग्रेसका सभापति, उपसभाति लगायत विशेष महाधिवेशनका नेतृत्वमा रहेका अधिकांश शीर्ष नेताहरु पार्टीको १५औं महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा...