
-सुन्दर पन्त, नागार्जुन-१०, काठमाडौं
निलो क्रान्तिका योध्दाहरु
अन्धो छैनौ भने हेर
बहिरो छैनौ भने सुन
आगोको लप्कामा जलेको
गणेशको बारेमा दुई शव्द बोल
कि थाक्यो तिम्रा स्वरहरु
कि बहिरो भयो तिम्रा कानहरु
कि अन्धो भयो तिम्रा आँखाहरु
२५ वर्षे एउटा जेन्सी ढल्यो
पहिलेको शासक झै
मुकदर्शक तमासे नबन
परिवर्तनको पदचाप संगसंगै हिंड
नत्र आज एउटा जेन्जी अस्ताए
भोली हजारौ जेन्जी अस्ताउने छन्
दुःखद होनहार जेन्जी गणेश अस्ताए । -१
निलो बर्दिधारीले
सिर्रर सिर्रर सिठ्ठी फुके
सिठ्ठीले संकेत गर्यो
बत्तीले रोक जा भन्यो
चालकले अनुशरण गर्यो
नियमित अनियमित श्रृखला
तर
गौडो कुरेका ट्राफिकले
चीट काट्यो
चित्त बुझेन
शब्द वाण प्रहार हुन थाल्यो
ती शव्दले मन पोल्यो
मनले शव्द नियन्त्रण गर्न सकेन
मन सार्है विक्षिप्त भयो
मथिंगल किरिङ मिरिङ
किरिङ मिरिङ किरिङ मिरिङ
परिवन्ध भनौ चक्रव्युह
पेट्रोलले आगो माग्यो
आगोले पेट्रोल
नियति नै यत्ती रै’छ
कि खै
दनदनी बले गणेश
आत्मदाह गर्दै गर्दा
त्यस्तो भीडभाडमा पनि
मानव सागर ओहोर दोहोर गर्ने स्थल
पेट्रोल खन्याउँदा रोक्ने देखिएनन्
आगो बल्दा निभाउने कोशिस देखिएनन्
मानवता हराउँदै गएको बेला
तमाशे – तमाशे बने
आखिर २५ वर्षे गोवर गणेश
वुध्दिविहीन
जेन्जी सरकार कै पालामा
मुगुका होनहार जेन्जी गणेश अस्ताए । -२
ऐ जेन्जी नेता भनाउँदाहरु
सुनार वादी प्रसाई जस्ता
स्वनाम धन्य जेन्जी हो
दैलेख बोल्नेले त्रिपुरेश्वर बोल न
सडकमा बोल्नेले सदनमा बोल न
राजिनामा माग्ने राजिनामा मांग न
स्टाटस लेखेर शासक विरुध्द
हिजो बोल्ने आज पनि बोल
मुर्दावाद र जिन्दावादको
नारा आज पनि लगाऊ
इन्कलाव जिन्दावाद
इन्कलाव मुर्दावाद
एउटा त ढल्यो ढल्यो
अव अर्को नढलोस्
विश्वासको पर्खाल नढलोस् ।
जेन्जी सरकार तिम्रै पालामा
मुगुको जेन्जी युवा अस्ताए ।
होनहार जेन्जी गणेश अस्ताए । -३
(नयाँ विकल्प साप्ताहिकबाट)
काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिका अमर साधक तथा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध...
काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...
काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...