उपयुक्त अवस्था हेरेर भैरव पुरस्कार – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

उपयुक्त अवस्था हेरेर भैरव पुरस्कार

काठमाडौं–नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६–०७७ का लागि क्रमशः रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ ।

पाँडे चर्चित व्यङ्ग्यकार हुन् भने पौडेल हाँस्य कलाकारिता क्षेत्रमा स्थापित नाम हो । भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमशः रु १ लाख र रु ५० हजार रहेको छ ।

वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा डा खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहनुभएको चयन समितिले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

हाल कोरोना भाइरसको सङ्क्रमण रहेकाले उपयुक्त अवस्था हेरेर पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने भैरव पुरस्कार गुठीका सचिव वसन्त रिजालले बताए । वि.सं २०४६ देखि प्रत्येक दुई वर्षमा यी पुरस्कार प्रदान गरिदै आएकोमा अब आगामी वर्षबाट बर्सेनि वितरण गरिने पनि उनले बताए ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ कार्तिक २०, ११: ५०

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ कार्तिक २०, ११: ५०

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार
त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार
  • २०७७ कार्तिक २०, ११: ५०

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र...